15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

अवैध मह बनाउने दुई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट प्रहरीले चिनी र फिटकिरीबाट मह बनाउँदै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नक्कली मह बनाउदै गरेको अवस्थामा दुई जनालाई रंङेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने लक्ष्मी बि.क. र सुरेन्द्र सुनार रहेका छन् ।

उनीहरुले अवैध रुपमा खाद्य पदार्थमा फिट्करी लगायतको अखाद्य बस्तु मिसावट गरी मह तयार गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्रीले जानकारी बताए । उनका अनुसार विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले घर खान तलासी लिँदा १४५ लिटर मह जस्तो पदार्थ बरामद गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     9:03:18 AM  |