कोहलपुर ।
दलित सेवा संघ केन्द्रीय कार्यालयका वीत्तीय प्रमुख स्वर्गीय रेशम बहादुर सुनारको सम्झनामा अक्षयकोष स्थापना गरिने भएको छ । सुनारले नेपालको दलित आन्दोलन र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै अक्षयकोष स्थापना गरिने भएको हो ।
सुनारको १३ औं दिनको पुण्यतिथिको अवसरमा आयोजना श्रद्धान्जली सभामा दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकले उनको अक्षयकोष स्थापनाको लागि पहल शुरु गरिएको बताए ।
‘दलित सेवा संघको अगुवाईमा अक्षयकोष स्थापना गर्ने पहल भईरहेको छ’ उनले भने, ‘आर्थिक तथा सामाजिक क्षेत्रमा लगानी गर्ने गरी कोष स्थापना हुनेछ ।’ कार्यालयका वीत्तीय प्रमुख स्वर्गीय सुनारको गत असार ९ गते ब्रेन ट्युमरका कारण उपचारको क्रममा निधन भएको थियो ।
प्रकाशित मिति : २०७६ असार २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्