कोहलपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यरत खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित नियन्त्रण लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुषालका अनुसार कार्यालयको लागी सिकाई कटाई मेसिनमा कमिसन मागेको सुचनाको आधारमा अख्तियारको अनुसन्धान टोली बुटवलले बिहीबार नियन्त्रणमा लिएको हो ।
कमिसनबापत बुझेको ७० हजार रकमसहित शर्मालाई पारि बुटवलको मनकामना मन्दिरबाट नियन्त्रण लिएर अख्तियारको कार्यालयमा राखिएको छ ।
प्रकाशित मिति : २०७६ असार २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्