15 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित अख्तियारको फन्दामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६  

कोहलपुर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यरत खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित नियन्त्रण लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुषालका अनुसार कार्यालयको लागी सिकाई कटाई मेसिनमा कमिसन मागेको सुचनाको आधारमा अख्तियारको अनुसन्धान टोली बुटवलले बिहीबार नियन्त्रणमा लिएको हो ।

कमिसनबापत बुझेको ७० हजार रकमसहित शर्मालाई पारि बुटवलको मनकामना मन्दिरबाट नियन्त्रण लिएर अख्तियारको कार्यालयमा राखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६     9:13:52 AM  |