सल्यान, १२ असार ।
सल्यान कपुरकोटका सात सय ७५ भन्दा बढि किशोरीले आफ्नो जीवनमा आउने परिवर्तनका बारे जानकारि लिएका छन् । अव किशोरीहरुले ती परिवर्तनलाइ सहज रुपले लिन सक्ने अपेक्षा गरिएको छ ।
कपुरकोट गाउँपालिकाले विद्यालयहरुका किशोरी शिक्षा कार्यक्रम मार्फत अभिमुखिकरण गरेपछि किशोरावस्थामा आउने समस्यालाइ समाधान गर्न र वाल विवाह न्युनिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको हो ।
गाउँपालिकाका पाँच वटै माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत सात सय ७५ बढि किशोरीहरुलाइ अभिमुखिकरण गरिएको शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारीले बताए ।
किशोरी शिक्षा कार्यक्रम अन्तर्गत विहिबार कपुरकोट ५ रीममा रहेको जीवनज्योती माध्यामिक विद्यालयमा अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका राष्ट्रि महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले किशोरीहरु पढाइलाइ निरन्तरता दिदै सक्षम भए भने समाज र देशकै अनुहार फेर्न सक्ने बताए ।
उनले भने, ‘हामीले यस कार्यक्रम मार्फत किशोरी अवस्थाका परिवर्तनहरु, आइपर्ने समस्या समाधानका उपायहरु, प्रजनन स्वास्थ्य, महिनावारि स्वच्छता तथा वाल विवाहले पार्ने असर लगाएतका महत्वपूर्ण विषयमा अभिमुखिकरण गरेका छौँ, आशा छ यसले समाज परिवर्तनमा ठूलो प्रभाव पार्ने छ ।’ कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले अव गाउँपालिकाले युवाहरुलाइ सकारात्मक उत्प्रेरणा प्रदान गर्ने तालिम र लागू औषध न्युनिकरणका विषयमा पनि कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा, जीवनज्योती मावि रीमका विव्यस अध्यक्ष टोपेन्द्र केसी लगाएतकाले बोल्दै किताबी ज्ञानले मात्र विद्यार्थीलाई नपुग्ने बताउँदै व्यवहारिक शिक्षा पनि आवश्यक रहेको र आचरणका बिषयमा पनि उनीहरूलाई बुझाउनुपर्ने बताएका थिए ।