कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाका दलित समुदायलाई कृषि औजार मर्मत गर्ने सिप सिकाईएको छ । नगरपालिकामा रहेका १५ वटै वडाका दलित समुदायको पेसालाई व्यवसायीकरण गरी जिविकोपार्जन संग जोड्नको लागि तालिम प्रदान गरिएको हो । १५ दिने तालिम प्राप्त गरे संगै उनीहरुले कृषि औजार निर्माण समेत गरेका छन् । कोहलपुर नगरपालिकाको सहयोगमा दलित सेवा संघ बाँकेद्धारा संचालित दलित समुदायको परम्परागत सिपको आधुनिकिरण तथा आर्यआर्जन कार्यक्रम अन्तर्गत १५ दिने तालिम समापनको क्रममा १५ जनालाई औजार वितरण गरिएको छ । तालिमका सहभागिहरुले लोपउन्मुख अवस्थामा रहेको दलित समुदायको मुख्य पेसा संरक्षणको स्थानीय सरकार गम्भिर हुनु पर्ने बताएका छन् ।
प्रविधिको विकास संगै नयाँ नयाँ औजार बजार आएको भन्दै आर्थिक अवस्थाका कारण औजार खरिदको समस्या रहेको उनीहरुले बताएका हुन् । १५ दिने तालिममा सहभागि चन्द्र बहादुर वि.क.ले परम्परागत पेसामा टिकी रहन आधुनिक औजारहरुको अभाव रहेको बताए । विषेश गरी युवा पुस्ता पेसा प्रति आकर्षित गराउनु पर्ने उनको भनाई छ । अर्का सहभागि स्वयम् दलित समुदाय आफ्नो पेसा प्रति जिम्मेवार रहनु पर्नेमा जोड दिए । कसैले पनि आफ्नो सिप कला संस्कृति भुल्न नहुने उनको धारणा थियो ।
पहिलो पटक आफ्नो पेसाका बारेमा उनले खुसी समेत प्रकट गरे । १५ दिने तालिम समापन तथा औजार वितरण कार्यक्रममा बौल्दै कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गोपि खनालले समाजमा आर्थिक रुपमा विपन्न रहेको दलित समुदायका व्यक्तिलाई यस्ता किसिमका तालिमले हौसला प्रदान गर्ने बताए । दलित समुदायको पेसाको संरक्षणको अभियान वडा हुदै नगरपालिका स्तरमा लैजानको लागि आफु प्रयत्नशिल रहेको उनले बताए ।
नगरपालिकाको निति तथा कार्यक्रममा पनि दलितहरुको पेसा संरक्षणक लागि नीति आएको आगामी दिनमा निरन्तरता अध्यक्ष खनालले प्रतिबद्धता जनाए । दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विकेले दलितहरुको सिप व्यवसायिकरणको लागि तालिम तथा औजार मर्मतका तालिम प्रदान गरिएको बताए । उनका अनुसार आगामी दिनमा दलित समुदायको पेसा संरक्षण र प्रर्वद्धनको लागि मागको आधारमा सिप प्रदानका साथै औजार प्रदान गरिने छ । तालिममा हसभागिलाई तालिकको क्रममा बनाईएका र आधुनिक खुडा, खुकुरी, पंखा, आसी, चक्कु, गरासी र दाउ वितरण गरिएको थियो ।