गनापुर साक्षर घोषणा



बाँके, बाँकेको जानकी गाउँपालिकाका वडा नं. ६ गनापुरलाई शनिबार साक्षर वडा घोषणा गरिएको छ । वडामा रहेका १ हजार १ सय १७ जना निरक्षर रहेकोमा साक्षरता कक्षा सञ्चालन गरेर १ हजार ६१ जना साक्षर भएपछि वडा नं. ६ गनापुरलाई साक्षरवडा घोषणा गरिएको हो ।

गाउँपालिका शिक्षा शाखा संयोजक खगेन्द्र मल्लले वडा नं. ६ का अध्यक्ष सुरेश यादवलाई साक्षरताको प्रमाणपत्र प्रदान गरी साक्षर वडा घोषणा गरिएको
थियो । गाउँपालिकालाइ नै साक्षर घोषणा गर्ने अभियान अन्तर्गत जानकी गाउँपालिकाका ३ वटा वडालाई साक्षर वषा घोषणा गरिएको उनले बताए । जनताको साक्षरताको अवस्था सुधार्दै गाउँपालिकालाई असार मसान्तभित्रै साक्षरता घोषणा गर्ने तयारीका साथ काम भएको मल्लको भनाई छ ।

वडा नं. ६ का वडाध्यक्ष सुरेश यादवले वडालाई पूर्ण साक्षर बनाउन गाउँपालिका सँग सहकार्य गरेर सशक्त रुपमा योजनासहित लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडाका ९५ प्रतिशत व्यक्ति साक्षर भईसकेकोले अव सबै नागरिकलाई साक्षर बनाउन अभियान सञ्चालन हुनुपर्नेमा जोड दिए । यसैबीच जानकी गाउँपालिकाको वडा नं. ३ इन्द्रपुरलाई आईतार(आज) साक्षर वडा घोषणा हुदैछ ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ असार ८ गते आइतबार