कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकालाई साक्षर घोषणाको लागि पुर्वतयारी तिव्र पारिएको छ । नगर क्षेत्रका विभिन्न सरोकारवालासँग पुर्वतयारीका लागि कार्य भईरहेको नगरपालिकाले जनाएको छ । साक्षर नगर घोषणाका लागि अन्तरक्रिया, छलफल र सुझाव संकलन जारी रहेको नगर शिक्षा शाखाका नगर शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले जानकारी दिए । घोषणा अघि र घोषणा पश्चात गरिने क्रियाकलापका बारेमा सरोकारवाला सँग अन्तरक्रिया भईरहेको उनले बताए ।
नगर क्षेत्रमा अहिले बैंकिङ कारोबार र ट्राफिक नियमबारे नगरबासी निरक्षता बढि रहेको पाईएकोले आगामी दिनमा सारक्षता कक्षालाई अझ प्रभावकारी रुपमा लैजाने उनको भनाई छ । प्रदेश पाँचका जिल्ला मध्ये कपिलवस्तु र बाँके साक्षर घोषणा हुन बाँकी रहेको त्यसको तयारी स्वरुप कोहलपुर नगरपालिकालाई साक्षर घोषणा गर्न लागिएको बताइएको छ । बुधबार नगरक्षेत्रका प्रधानाध्यापक राजनितिककर्मी र संचारकर्मीहरुसँग पुर्वतयारी बैठक गरिएको थियो । बैठकमा अधिकांश सरोकारवालाले नगरपालिका साक्षर घोषणा कार्यक्रम सकारात्मक भएपनि कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका थिए ।
नगर क्षेत्रमा यसअघि पनि थुप्रै घोषणाका कार्यक्रम हुने गरेको तर निरन्तरता पाउन नसकेकोले घोषणापछि थप निरन्तरता आवश्यक रहेको उनीहरुको भनाई छ । नगर शिक्षा प्रमुख पौड्यालका अनुसार नगर क्षेत्रका प्राधानाध्यापकहरुको बैठकमा घोषणा कार्यक्रमको स्वागत र आगामी दिनमा साक्षर अभियान निरन्तरताको लागि सबैले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । नेकपा कोहलपुर नगर कमिटिका सचिव तुलाराज बिष्टले घोषणालाई देखाउनको लागि मात्र नभई कार्यान्वयनमा चुनौती रहेको बताए । बागेश्वरी क्याम्पसका उप–प्राध्यापक एकाराज शर्माले साक्षर घोषणा आवश्यक तर हतारको कदम भएको बताए ।









प्रतिक्रिया दिनुहोस्