बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नंं.९ माछागढमा अवस्थित श्री लाली गुराँस माध्यमिक विद्यालयमा भएको प्रारम्भिक कक्षा पढाई कार्यक्रम पढाई मेला सम्पन्न भएको छ । विद्यालय स्तरमा विद्यार्थी पठन ससकृतिको विकास र उनीहरुको रचनात्मक सिर्जनाको प्रस्फुटन गर्ने उद्देश्यले पढाई मेलाको आयोजना गरिएको हो ।
उक्त मेलाको अवलोकन गर्दै बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले विद्यार्थीहरुको पढाईमा सुधार ल्याउनको लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । पढाई मेला आयोजनाले शिक्षण सिकाई कृयाकलापहरुलाई सुधार गर्ने गर्ने उनको भनाई छ । प्रमुख अधिकारीका अनुसार बालबालिकाहरुलाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायबाट सहयोग पुग्ने बताईएको छ । लाली गुराँस माध्यमिक विद्यालयको आयोजना मेला सम्पन्न भएको हो ।
गुलरियालाई बालमैत्री नगर बनाउने प्रतिबद्धता
बर्दियाको गुलरिया नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने एक कार्यक्रमका सहभागीले प्रतिवद्धता जनाएका छन् । नगर क्षेत्रमा वर्षे नी बाल विवाह गर्नेको सख्या बढ्दै जान थालेपछि सरोकारवालाले गुलरियालाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्य योजना कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले गुलरिया नगरपालिकाले बाल विवाहमुक्त बनाई बालमैत्री नगरपालिकाको निर्माण गर्ने र बालबालिकाको अधिकारका लागि बाल संरक्षण कार्य्विधिका आधारमा काम गर्ने बताईन् । बाल अधिकार समिति पदाधिकारीहरुले बाल विवाह अन्त्य गर्नका लागि कार्य योजना बनाएका छन् । उनले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् ।
गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले तत्काल नै बालअधिकार ऐन बनाएर काम गर्ने बताए । बाल अधिकार समिति पदाधिकारीहरुले बाल विवाह अन्त्य गर्नका लागि कार्य योजना बनाएका छन् ।स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सन्चालित बालिका संरक्षण परियोजनाले गुलरिया नगरपालिकालाई बाल विवाहमुक्त बनाउने लक्ष्य राखेको छ । सोही अन्तर्गत बाल अधिकार समितिको सहकार्यमा सो कार्य योजना निर्माण भएको छ ।