8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

खेल साम्रागी वितरण तथा सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कोहलपुर रेसिङ्ग साहार क्लबले खेल साम्रागी वितरण तथा सम्मान कार्यक्रम गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रिका लागि खेलकुद’ भन्ने नाराका साथ आइतबार खेल साम्रागी वितरण तथा सम्मान कार्यक्रम भएको हो । सो अवसरमा ७ जना पूर्व खेलाडिहरुलाई सम्मान गरिएको थियो । कोहलपुर रेसिङ्ग साहार क्लबका अध्यक्ष यज्ञ महराले खेलाडिको मनोबल उच्च बनाउनका लागि खेल सामाग्री वितरण गरेको बताए ।

कोहलपुरबाट फुटबल प्रतियोगिताबाट विश्वमानै चिनाउने खेलाडि उत्पादन गराउने लक्ष्य रहेको उनको भनाई थियो । महराका अनुसार कोहलपुर नगरपालिकाले खेलाडिहरुलाई लक्षित वर्गको बजेट कार्यक्रममा खेलाडिहरुलाई पनि समेटनुपर्नेमा जोड दिएका थिए । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. १० का अध्यक्ष निम प्रसाद चलाउनेका अनुसार खेलाडिहरु उत्पादन गर्नका लागि कहिले घाम र कहिले औसी जस्तो भएको बताए । खेलाडि भनेको सधै तत्पर रुपमा खेल खेल्नका लागि अगाडि बढिरहने भएकोले यसलाई वर्षभरी फुली रहने वारमासे फुल जस्तो बनाउनुपर्नेमा जोड दिएका थिए ।

कोहलपुर नगरपालिकाबाट खेलाडिहरुका लागि समेटनको आ.व.२०७५÷०७६ मा निर्माण भएको निति तथा कार्यक्रममा समावेस भईसकेको छ । यसलाई सोही अनूरुप आ.व. २०७६÷७७ मा कार्यन्वय हुने समेत खेलाडिहरुलाई विश्वास दिलाएका हुन् । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद तिवारीका अनुसार कोहलपुर रेसिङ्ग साहार क्लबमा महिलाहरु खेलाडिहरुलाई प्रथामिकता दिन जोड दिएका थिए ।

बाँकेबाट महिला खेलाडि उत्पादनमा कमी भएको भन्दै अब महिला खेलाडि उत्पादन गर्नका लागि नगरपालिकाबाट बढि जोड हुनुपर्ने बताए । महिला खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि नगरपालिकाको मुख्य भूमिका रहेको उनको भनाई थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     5:09:21 PM  |