20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

आफू यौन शोषणको शिकार बनेकाे बारे प्रियंकाले खाेलिन् मुख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६  

महिला सम्मेलनमा विश्वभरबाट सहभागि भएका महिलाहरुले महत्वपूर्ण मुद्धामा आ – आफ्नो विचार राखेका थिए । जस मध्य एक मुद्ध भने उत्पीडनको पनि थियो । जसलाई लिएर प्रियंका चोपडाले महिलासंग यौन उत्पीडनको शब्द जोडेर आउने उनलाई लागेको बताइन् ।

अब सबै महिलाहरुले एक अर्कामा साथ दिने भएकोले कोही पनी चुप चाप बस्न सक्दैन र यस्तो देख्दा एक दमै साहस आउने उनको भनाइ थियो । आफू पनि यौन उत्पीडनको शिकार बनेको उक्त कार्यक्रमा बताएको खबर भारतीय मिडिया दैनिक जागरणमा खबर छ । एक पटक हर कोहीले उक्त कुराको सामना गर्नु परेको हुन सक्ने प्रियंकले भनिन्। यस्तो विषयमा बोल्न उनलाई भन्न कुनै लाज नभएको उनले बताइन् ।

पछिल्लो समय यस विषयमा मुद्धा अगाडि बढाउन विश्वमा मिटु अभियन चालाइरहेको छ । बलिउड अभिनेत्री तनुश्रीले आफू पिडित भएको घटना मिटुमार्फत बाहिरा ल्याएकी थिइन् । त्यस्तै नेपालमा पनि सञ्चारकर्मी तथा महिला सशक्तीकरण नेपालकी अध्यक्ष रश्मिला प्रजापतिले आफू पनि पीडित भएको मिटु अभियन मार्फत खुलासा गरेकी थिइन् । एजेन्सी

प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६     6:25:25 AM  |