29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बडीगाड खोलाको निर्माणाधीन पक्की पुल भाँच्चियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  

१ वैशाख, गुल्मी । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन्।

घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।
घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको छ। दुर्घटनामा मुसिकोट नगरपालिकाका रनवहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्कि घाइते भएकम छन् ।

शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो । ५५ मिटर लामो पक्की पुल ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।

इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुनसक्ने उनले आशंका छ ।

जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुल निर्माण गरिरहेको थियो । गत वर्ष सोही स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि पक्की पुलको निर्माण थालिएको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६     6:54:00 AM  |