14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६  

काठमाडौँ — लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा काेपाइलट र एक प्रहरीकाे मृत्यु भएकाे छ । पाइलटसहित तीनजना घाइते छन् ।

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।
त्रिभुवनविमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएकोहाे।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर हाेस्टेज घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोकिएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एकप्रहरी समेत घाइते भएका छन्।दुर्घटनाबाट हेलिकप्टरमा समेत क्षति पुगेकाे छ।

प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६     10:08:44 AM  |