दुई विधेयक पास



बुटवल ।
पाँच नम्बर प्रदेश सभाको आइतबार बसेको बैठकले दुईवटा विधेयक पास गरेको छ । प्रदेश ५ आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बीउ बिजनसम्बन्धी विधेयक सर्बसहमतिबाट पारित गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आकस्मिक कोषसम्बन्धी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बीउ बिजनसम्बन्धी विधेयक संसदमा पेश गरेका थिए । त्यस्तै सामाजिक विकास मन्त्री सुदर्शन बरालले पेश गरेको खेलकुद सम्बन्धी विधेयक छलफलका लागि समितिमा पठाइएको छ ।

आइतबारकै बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले पर्यटनसम्बन्धी विधेयक पेश गरेका छन् भने अर्थ उद्योग समितिको औद्योगिक व्यवसाय सम्बन्धी विधेयकको प्रतिवेदन समितिका सभापति दधिराम न्यौपानले संसदमा पेश
गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत ११ गते सोमबार