यी दुई ट्राफिक जस्ले भारतदेखि फर्किदै गरेको यात्रुको पैसा लूटिनबाट जोगाए



नेपालगन्ज । नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छ।

आज दिउँसो ४ बजे नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१००० रुपैयाँ चोरी गरेको हरी बहादुर कठायतलाई ट्राफिक प्रहरीका हवल्दार राम बहादुर बिष्ट र ट्राफिक प्रहरी जवान गेहेन्द्र केसीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

पाकेटमार

नियन्त्रणमा लिएको ब्यक्ती खजुरा गाउँपालिका ९ को वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका अनुसार कसेरा भारतबाट घर जाजरकोट जादै गर्दा निज पाकेटमार कठायतले पिछा गर्दै बसमा चढन लाग्दा आधुनिक सैलीमा पाकेट मारे पछि कसेराले थाहा पाउदा ट्राफिक प्रहरी हवल्दार बिष्टले संका गर्दै कठायतलाई नियन्त्रणमा लिइ बुझ्दा पैसा उसैले चोरेको खुलेको थियो। बिष्टका अनुसार उक्त चोरी गर्ने ब्यक्ति पहिला देखीनै चोरी गर्दै आएको बुझिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत ३ गते आइतबार