13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५  

सुर्खेत ।
फेसबुककै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी हुन्छ । यदी तपाईहरुमा छ भने समयमै सुधार गर्नुहोस् । किनकी कुनै पनि नचिनेको व्यक्तिले फेसबुकमार्फत तपाईको फाइदा उठाउन सक्छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा यस्तै घटना भएको छ ।

फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा जंगलमा लगेर उनीमाथि बलात्कार भएको हो । दिउसो दुई बजे वीरेन्द्रनगर–९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुईजना किशोरले बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षिया किशोरी सामुहिक बलात्कारमा परेको पीडित परिवारले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक प्रदिपबहादुर क्षेत्रीले बताए । बलात्कार आरोप लागेका दुईजना मध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका किशोर १६ वर्ष उमेरका भएकाले उनका नाम प्रहरीले खुलाएको छैन । भने १९ वर्षिय सागर चौधरी फरार रहेका छन् ।

पक्राउ परेका किशोरले फेसबुकमार्फत प्रेम सम्बन्धमा परेको र घुम्न जाँदा जंगलमा सहमतिमै करणी भएको प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकाको बयान उद्दृत गर्दै उनले करिब २५ दिनजति फेसबुकमा कुराकानी भएपछि उनीहरुले भेट गरेका बताएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५     7:59:32 AM  |