सुर्खेत ।
बिहीबार देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले बम पड्काउनले लगायतका क्रियाकलाप गरिरहँदा विप्लवको अखाडा कर्णाली भने शान्त नै रह्यो । यातायात, शैक्षिक तथा नीजि संस्थाहरु बन्द हुने बाहेक अन्य कुनै ठूलो घटना हुन पाएन् । तर पनि कर्णालीका नागरिकमा त्रास फैलिएको छ ।
विप्लव समूहको अखाडा कर्णालीमा ठूलो द्वन्द्व निम्तिए राज्य पक्ष र विप्लव पक्ष दुवैको चपेटामा पर्ने भन्दै नागरिकहरुमा डरत्रास फैलिएको हो । शसस्त्र द्वन्द्वकालमा सबैभन्दा धेरै क्षति बेहोरेको कर्णालीमा पुनः विप्लव समूहले त्रासपूर्ण गतिविधि गर्न थालेपछि यहाँका चिन्तित भएका छन् ।
पूर्वमन्त्री तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायत दर्जनौं केन्द्रिय नेताहरुको पकट रहेको कर्णालीमा विल्लवको गतिविधिबाट स्थानीय तह बढी चिन्तित भएका छन् । बिहीबारको नेपालबन्दमा मगुका चार स्थानीय निकायका एकसय ४१ विद्यालयमा चलिरहेको परिक्षा प्रभावित भयो । यस्तै आन्तरिक तथा बाह्य यातायातसमेत बन्द भएको थियो ।
पूर्ण रुपमा विद्यालय बन्द गर्न धम्कि दिएपछि सोरु, र छायाँनाथ रारा नगरपालिकामा रहेका विद्यालयहरुमा परिक्षा संचालन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले बताए । यस्तै स्थानीय सरकारलाई प्रतिबन्ध लगाउने विप्लवको घोषणासँगै कर्णालीका दुर्गम क्षेत्रका जनप्रतिनिधिहरुले सरकासँग सुरक्षाको माग समेत गरेका छन् । सडकका पेटी, भित्ता तथा ढुंगाहरुमा आफ्नो पार्टीका नारा समेत लेख्दै प्रचार सुरु गरेको नेकपाका विभिन्न गतिविधिका कारण कर्णालीबासीहरु पुनः द्वन्द्व निम्तिने भन्दै त्रसित बनेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लोकनाथ मिम्सीनाले ग्रामीण क्षेत्रमा विप्लव समूहदेखि त्रास रहेपनि बिहीबारको बन्दमा भने कुनै ठूलो घटना नभएको बताए । बन्दको पूर्वसन्ध्यामा सल्यायनमा भने बुधबार साँझ नै एकजना विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । यस्तै तीनदिनअघि डोल्पामा पनि दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । प्रदेश प्रहरी प्रवक्ता तिम्सीनाले नागरिकको सुरक्षाका लागि प्रहरी हरबखत तयार रहेकाले त्रासमा नबस्न नागरिकलाई अनुरोध गरेका छन् । नेकपा निकट युवा संगठन नेपालका केन्द्रिय सदस्य सितल बिष्टले कर्णालीमा नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् ।
उनले भने, ‘सरकारले हाम्रो पार्टी माथि प्रतिबन्द्ध लगाएर मुडभेटको स्थिति सिर्जना गरेको छ, हामीीलाई द्वन्द्व निम्त्याउन रहर थिएन तर अब भने सरकारका हरेक गतिविधिहरुको बिरुद्धमा पार्टी सक्रिय भएर लाग्छ ।’