मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५
प्रदेश–७ को दार्चुलामा शुक्रबार बेलुकी ८ बजे भएको जीप दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ ।
जिल्ला सदरमुकाम खलंगाबाट दुँगु गाँउपालिका जाँदै गरेको म. १ ज २८० नम्बरको जीप राताकाँठा भन्ने ठाँउमा सडकबाट करिव २ सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा एक बालिकासहित सात महिला र तीन पुरुषको मृत्यु भएको छ । जीपमा कति यात्रु थिए भन्ने थाहा हुन सकेको छैन ।
घट्नास्थलबाट मृतक र घाइतेहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताए ।
घाइते जीपका चालक दिपकसिंह धामीलाई उपचारको लागि भारतको पिथौरागढ लगिएको छ ।