Update:नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्यो, दर्जन यात्रु रहेको अनुमान



२०७५ फाल्गुन २,  जाजरकोट — बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई सय मिटर अगाडिबाट भे १ ख १३२९ नम्बरको बस भेरीमा खसेको हो ।

बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्घारका लागि टोली परिचालनको तयारी भइरहेको जानकारी दिए।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन २ गते बिहीबार