8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधनः शुरुमै कांग्रेसमाथि प्रहार भिडियो सहित हेर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५  

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेको एक वर्षको अवधिमा आफ्ना उपलव्धिहरुको विवरण देशबासीका नाममा सम्बोधन गर्दै सार्वजनिक गरिरहेका छन्।

प्रधानमन्त्रीको सम्बोधन

Gepostet von PahiloPost am Donnerstag, 14. Februar 2019

प्रधानमन्त्री ओलीले सम्बोधनको शुरुवातमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि प्रहार गरेका छन्। ‘गत वर्ष यतिबेला निर्वाचनमार्फत जनमत आएको तीन महिना पुगिसकेको थियो,’ ओलीले भने, ‘जनमतले तिम्रो मिति पुग्यो भनेकाहरु सरकारमै थिए। सरकार छाड्न खोजिरहेका थिएनन्। बाहाना गरेर यो या त्यो नाममा सरकारमा टाँसिरहन खोजेका थिए।’ उनले ती तीन महिना लोकतन्त्रलाई असफल पार्ने प्रयास भएको समेत आरोप लगाए।

‘यी तीन महिना यो या ती वाहनामा लोकतन्त्रलाई चिथोर्न शक्तिहरु सक्रिय भएका थिए,’ उनले अगाडि भने, ‘अब आयो है भन्नुस, यसलाई स्वीकार्ने बानी बसाल्नुस् भनेको थिए।’

प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५     5:31:41 PM  |