नेपाल देश यतिबेला बिदेशीएका नेपालीहरुले भित्राएको रेमिट्यान्सबाट चलिरहेको छ । सोही कारण पनि नेपालले कठिनभन्दा कठिन परिस्थितीहरुको सामना गर्न सफल भईरहेको छ भने जनताहरुको जीवनशैलीमा पनि सुधार आएको देखिन्छ ।
तर हालै सरकारले तीनै खाडीमा रगत पसिना बगाएर नेपालमा रेमिट्यान्स भित्राउने नेपाली कामदारहरुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झिटीझयाप्टाहरु भन्सार कार्यलयले जफत गर्न थालेपछि यसको चौतर्फी आलोचना भईरहेको छ ।
सरकारले तोकिएको मापदण्डभन्दा बढि ल्याएका सामानहरु जफत गर्न थालेपछि सरकारबिरुद्ध जनमानसबीच आक्रोस बढेको हो ।
विमानास्थलमा भन्सार कार्यलयले मादक पर्दाथ , मोबाईल , कपडा , ल्यापटप , सुन लगायतका सामानहरु जफत गर्न थालेपछि नायिका रेखा थापाले आक्रोस व्यक्त गरेकीछिन् ।
सरकारले चाही अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने तर बिदेशमा काम गरेका मजदुरहरुको झोला खोस्ने भन्दै आक्रोस व्यक्त गरेकी हुन् ।
उनी लेख्छिन् “दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु ।
जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि।भी वा त्यस्तै अरु सामान ।
निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला ? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ?”
मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार भन्दै रेखाले आक्रोस व्यक्त गरेक हुन् । खाडी लगायतका देशहरुमा नेपालीहरुले बगाईएको रगत पसिना र दुख आफनो आँखाले देख्न गरेको बताउँदै उनले सरकारले श्रृमिकमाथि अन्याय र अत्याचार गरेको उनको भनाई छ ।
उनी अगाडी लेख्छिन् “जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन ।
यो बन्द गरिएन भने- म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु” । स्मरण रहोस विमानस्थलमा जफत भएका सामानहरुको केही दिन अगाडीमात्र लिलामी तोकिएको छ । जसबाट सरकारले २ करोड भन्दा बढि रकम पाउने भएको छ ।









प्रतिक्रिया दिनुहोस्