सुर्खेत ।
नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गैर कम्युनिस्टको संज्ञा दिएका छन् । उनले अहिलेकाा कामचलाउ प्रधानमन्त्री ओली कम्युनिस्ट नेतामा हुने गुण नै नभएको बताए । बिहीबार सुर्खेतमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली तानाशाह भएको समेत बताए । उनले भने, ‘ओली आफूलाई राज्य सम्झिन्छन् ।
पार्टी सम्झिन्छन् आफूलाई । सबै मै हुँ भन्ने भ्रम छ उनमा । तत्कालीन एमालेको अध्यक्ष भएदेखी नै उनमा तानाशाहको प्रवृत्ति देखा पर्न थालेको हो ।’ यस्तै ओलीले पार्टीको हित विपरित र संविधानको मुल्य र मान्यता माथि नै आँच आउने काम गरेको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले उक्त सभालाई सम्बोधन गर्दै ओली लाई साधारण सदस्य नै नरहने गरी पार्टीबाट निष्काशन गरिने बताएका हुन् ।
ओली कम्युनिष्ट नभएको तथा हुन लायक पनि नभएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने उनको जिकिर छ । प्रचण्ड र नेपाल नेतृत्वमा रहेको नेकपाले ओलीलाई तपाईलाई साधारण सदस्यबाट किन नहाउने भन्दै तीन दिने स्पष्टिकरण सोधेको थियो । तर ओलीले यस विषयमा अहिले सम्म सार्वनजनिक रुपमा जानकारी दिएका छैनन् ।
ओलीको असली रुप देखिएको भन्दै उनले ओलीकै कारण गणतन्त्र धरापमा परेको पनि बताए । राजतन्त्र फालेर गणतन्त्र ल्याउने आन्दोलन भइरहँदा ओलीले बयलगाडाको कुरा गरेको भन्दै उनी व्यवस्था विरोधी भएको पनि बताए । ओलीले स्पष्टिकरण नदिए आफूहरुले साधारण सदस्य समेत नरहने गरी निस्काशन गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्