खजुरा, (बाँके)/ बाँकेको खजुरा गाउँपालिकामा रहेका मदरासाहरुको शैक्षिक स्तर उकास्न हदै सम्मको प्रयास गरीने भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा जन जागरण समाजको सहयोग तथा समन्वयमा भएको समन्वय बैठकमा खजुरा क्षेत्रमा रहेका १७ वटा मदरसा मध्ये ३ वटा नाजुक अवस्थामा र ५ वटालाई सुधार गर्नपर्ने देखिएकाले यहि आर्थिक वर्ष भित्र सुधार गर्न नसके मर्ज अथवा खारेज गर्न सकिनेमा गाउँपालिका पुगेको निकर्ष निकालिएको
छ ।
गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा भएको सोमबार सरोकारवालाहरु विच समन्वय बैठकमा भएका मदरासाहरुको भौतिक, शैक्षिक अवस्था निकै कमजोर देखिएकाले यसलाई सुधार गरी अघि बढ्न भन्दा अर्को विकल्प नभएको सहभागिले जोड दिएका थिए । मदरासाको शैक्षिक स्तर उन्नती गर्न मदरासा शिक्षा सुधारका लागी स्पष्ट नीति आवश्यक रहेको सहभागिले जोड दिएका थिए । विद्यार्थी सङख्या नभएका मदरासाहरुलाई शैक्षिक अनुदान पनि दिन नसकिने गाउँपालिका अध्यक्ष कक्षपतिले बताए ।
मदरासाको स्तरोन्नती तथा मुस्लिम र मदेशि बालबालिकाहरुको शिक्षामा पहुँच भिवृद्धिका लागी सरोकारवालाहरुविच गरिएको समन्वय बैठकमा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, शिक्षा विकास समन्वय इकाई नेपालगन्जका प्रमुख गोरख बहादुर थापा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, वडा नम्बर ५ र ८ का वडाध्यक्ष, गाउँपालिकाका विद्यालय निरिक्षक विश्वराज ढकाल, श्रोत व्यक्ती टंकनाथ दाहाल,गाउँपालिका क्षेत्रमा रहेका सम्पुर्ण मदरासाका प्रध्यानाध्यापक, शिक्षक र मदरासा व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको जनजागरण समाज बाँकेका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए ।