कोहलपुर २८ मंसिर/बाँकेको बैजनाथ गाउँपालिका स्तरिय दलित संजालको अध्यक्षमा दिल विश्वकर्मा निर्वाचित भएका छन । बिहीबार गाउँपालिकामा बसेको दलित प्रतिनिधि तथा जन प्रतिनिधिहरुको भेलाबाट विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका हुन । विश्वकर्माको अध्यक्षयतामा १६ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा हरी सिंह कामी,सचिवमा धनमाया वि.क कोषाध्यक्षमा सम्झना परियार तथा सहसचिवमा जयादेवी सुनार निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा ठगीराम परियार,राम कुमार सुनार,भवाने परियार,यमा कुमारी रसाईली, मंगल सिंह सुनार,सावित्री बि.क देवीसरा सुनार,राम सेवक चमार,अवदराम चमार,बिन्दु सुनार,रमा बि.क निर्वाचित भएक छन ।
समिति गठन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले नयाँ चयन भएको समितिको मुख्य पदमा महिला भएको भए अझै राम्रो हुने बताईन । त्यस्तै समितिले दलित समुदायका हितमा काम गर्नुपर्ने बताईन । नव निर्वाचित अध्यक्ष दिल विश्वकर्माले ३० प्रतिशत क्षमता विकास र ७० प्रतिशत रकम वडामै आयआर्जनमा खर्च गरिने बताए । समिति गठन कार्यक्रममा बैजनाथ गाउँपालिका सामाजिक विकास समिति संयोजक गुमान बहादुर परियार कार्यपालिका सदस्य मेघ बहादुर सुनार लगायतको सहभागीता रहेको थियो । दलित समुदायका लागी गाउँपलिकाले यस आर्थिक वर्षमा करिब २७ लाख १५ हजार विनियोजन गरिएको बताइएको छ ।