पर्वत समाज बाँकेको अध्यक्षमा भुषाल



कोहलपुर २३, पर्वत समाज बाँकेको अध्यक्षमा पोष्टराज भुषाल निर्विरोध निर्वाचित भएका छन् । शनिवार बाँकेको गाभरमा भएको पर्वत समाज बाँकेको चौथौ अधिवेशनबाट भुषालको अध्यक्षतामा ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया क्षेत्री, सचिवमा श्याम कुँवर, सह सचिवमा चेतनारायण शर्मा र कोषाध्यक्षमा नारायण पंगेनी रहेका छन् । यसैगरी पर्बत समाजको सदस्यहरुमा दुर्गा गुरुङ्ग, खिल प्रसाद रिजाल, देविलाल भुषाल,यज्ञ प्रसाद सुबेदी , कृष्ण कडेल र शोभाखर शर्मा रहेका
छन् ।

यसअघि अधिवेशनको उद्घाटन समाहोरमा बोल्दै प्रमुख अतिथि बाँके जिल्ला न्यायाधिश रमानाथ पौडेललेले जागिर तथा बसाईसराई गरेर जहाँ भएपनि आफ्नो जन्मभुमिलाई नबिर्सन आग्रह गरे ।

न्यायधिश पौडेलले कालीगण्डकी , मोदी लगाएत विभिन्न धार्मिक स्थल समेत भएकाले पर्वत जिल्ला धार्मीक हिसाबले समेत महत्व राख्ने जिल्ला भएको बताए ।

उनले समाजले आफ्ना सदस्यहरुको सुख दुःखमा साथ दिन आग्रह गरे । यसैगरी आन्तरिक राजस्व कार्यलयका प्रमुख कर अधिकृत प्रकाश पौडेलले आफु जागिरको सिलसिलामा बाँकेमा आए पनि पुर्खेउली घर पर्वत भएका सबैलाई भेट्दा पर्वतमा नै रहेको अनुभव भएको बताए ।

प्रमुख कर अधिकृत पौडेलले पर्वत समाजले आफुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे । पर्वत समाज बाँकेका संस्थापक अध्यक्ष राजु काफ्लेले पर्वत समाजले कोहलपुरको प्रेमनगरमा शुरु गरेको बिश्वविराट महादेबको मन्दिरलाई पर्वत समाजले जसरी पनि पुरा गर्नुपर्ने बताए ।

 

पर्वत समाज बाँकेले पर्वत जिल्ला घर भएका बाँके जिल्ला न्यायधिश रमानाथ पौडेल नेपालगंज उप महानगरपालिकाका नगर शिक्षा प्रमुख उपसचिव मन प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यलय का प्रमुख कर अधिकृत प्रकाश पौडेल, सहरी विकास तथा भवन निर्माण संघिय आयोजना कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर होमनाथ भुषाल लगाएतलाई सम्मान गरिएको थियो ।

 

पर्वत समाजका अध्यक्ष सूर्य कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समाहरोमा स्वागत मन्तव्य भिम देबकोटाले राखेका थिए भने नेपाल राष्ट्र बैङ्क नेपालगंजका कमल न्यौपानेले सञ्चालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २३ गते आइतबार