वडाध्यक्ष थारुको हृदयघातका कारण निधन



कोहलपुर/  कोहलपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राम सोहन थारुको निधन भएको छ । अध्यक्ष थारुको हृदयघातका कारण आइतबार बिहान निधन पारिवारिक श्रोतले जनाएको छ ।

बिहान एक्कासी बिरामी परेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । अस्पताल पु¥याएको केहि समयमै मृत घोषणा गरिएको नेपाली काँग्रेस कोहलपुरका नगर सभापति बलराम शर्मा बताए ।

थारुको निधनले काँग्रेस कोहलपुरले आयोजना गरेको सभा स्थगित भएको अध्यक्ष बलराम शर्माले जानकारी दिए । वडा अध्यक्ष थारुले सादगी नेताको रुपमा आफ्नो परिचय बनाएका थिए ।

स्थानीय तहमा सवारी साधन प्रयोगको होडबाजी नै चलिरहेका बेला थारु वडा अध्यक्ष निर्वाचित भएपछि पनि साइकलमा सवार गर्ने गर्दथे । अध्यक्ष थारु नेपाली कांग्रेसको वडा सभापति हुँदै वडा अध्यक्ष बनेका हुन् । उनका ३ छोरा र २ छोरी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर ९ गते आइतबार