बर्दिया, रावन विश्वकर्मा २१, बर्दियाको बाँसगढीका युवाहरुले एम्बुलेन्स खरिद गर्न र बग्ग्या तालको संरक्षणका लागि देउसी भैलो खेल्ने भएका छन् । बाँसगढी वडा नम्बर ५ र ४ का युवाहरु मिलेर बाँसगढी क्षेत्रमा आवश्यकताको रुपमा रहेको एम्बुलेन्स खरिद र सम्पदाको रुपमा रहेको बग्ग्या तालको संरक्षण गर्ने लक्ष्यका साथ देउसी भैलो खेल्न लागिएको कृष्ण पौडेलले बताए ।
बाँसगढीमा रहेको एम्बुलेन्स बिग्रिएर र सेवा प्रभाह गर्न नसकिएकाले बिरामीलाई आकस्मिक रुपमा अस्पताल सम्म पु¥याउन समस्या भइरहेको महसुश गर्दै एम्बुलेन्स खरिद गर्ने लक्ष्यका साथ देउसी भैलो खेल्न लागेको टाईगर टप कटेजका सञ्चालक सन्तोष देवकोटाले बताए ।
बाँसगढी क्षेत्रको उद्गम स्थलको रुपमा रहेको बग्ग्या तालकोलाई संरक्षण गर्दै अझै सुन्दर बनाउन दैउसी भैलोलेबाट संकलन भएको रकमले सहयोग पुग्ने आशा गरिएको दुर्गा अधिकारीले बताए । बाँसगढी क्षेत्रका युवा विशाल बस्नेत, प्रेम शर्मा, बासुदेव पौडेल, प्रमिला कार्की, एकनारायण अधिकारी, ओम प्रकाश न्यौपाने लगायतको अगुवाइमा भेउसी भैलोे खेलिन लागिएको छ ।
संयुक्त देउसी भैलो कार्यक्रमले कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै अनुशासित मर्यादिन रुपमा खेलिने जनाइएको छ । सन्देशमूलक देउसी भैलोले कार्यक्रमले देउसी भैलो विकृतिको रुपमा र मनोरञ्जनका लागि मात्रै नभई समाजको विकासको लागि पनि खेल्न सकिने सकारात्मक प्रभाव पार्ने स्थानीय युवाहरुको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्