1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

गाँउस्तरीय फुटबल प्रतियोगिता सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १५, २०७५  

बर्दिया/   बर्दियाको मदाहमा गाँउस्तरिय खुल्ला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । सगरमाथा समाज सुधार युवा क्लव मदाहको आयोजनामा बाँसगढी नगरपालिका–४ मदाहमा प्रतियोगिता सुरु भएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

बुधबार भएको उद्घाटन खेलमा आयोजक सगरमाथा समाज सुधार युवा क्लव मदाह र बेलवा बिच भएको पहिलो खेलमा आयोजक टिम विजयी भएको छ । दुबै टिमले निर्धारित समयमा गोल गर्न नसके पछि पेलान्टी सुटआउटमा ३ का विरुद्ध ५ गोल अन्तरले आयोजक मदाह विजयी भएको हो ।

प्रतियोगिताको बाँसगढी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य युद्धकुमारी बिकले उद्घाटन गरेकी थिइन् । क्लवका अध्यक्ष रामसिंह थारुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नागरिक समाजका अगुवा बुद्धे बिक, कुमाल थारु, खेल प्रशिक्षक बुद्धराम थारु र विशाल चौधरी, स्थानीय, खेलप्रेमी, खेलाडी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १५, २०७५     10:59:56 AM  |