1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

जीप दुर्घटना हुँदा चालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५  

जाजरकोट/  जाजरकोटको कुशे गाउँपालिका–५ खुर्पामा मंगलबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कुशे गाउँपालिकाको खुर्पा गाउँवाट विहानै भे. १ ज. ५५७ नम्बरको जीप लक्ष्मी माध्यामिक विद्यालयमा वल्डिङका लागि जेनेरेटर बोकेर आएको जीप मोडवाट खसेर झण्डै ५ मिटर तल पुगेको प्रत्यक्षदर्शी दलबहादुर सिंहले बताए ।

घुम्ती सडकमा मोड्न खोज्दा जीप दुर्घटना भएको हो । जीप चालक रुकुम पश्चिम बाँके जिउला घर भएका कमल नेपालीको घटना स्थलमै मृत्यु भएको हो भने बाँके जिल्ला घर भएका नुर आलम गम्भिर घाइते भएका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५     8:41:11 AM  |