सल्यान/ कुमाख गाउँपालिकाको वडा २ डाँडाकटेरीमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । नजिकमा स्वास्थ्यचौकी नहुदाँ कुमाख गाउँपालिका वडा २ र ३ का २ हजार बढी स्थानीय स्वास्थ्य सुविधाको पहँुच भन्दा बाहिर थिए ।
उक्त स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएपछि सिद्ध कुमाख गाउँपालिकाको वडा ४ र बन्गाड कुपिण्डे नगरपालिकाको वडा ५ को आदा भुभागका स्थानीयलाई सजिलो हुने भएको छ ।
नजिकै स्वास्थ्यचौकी नहुदाँ सामान्य उपचारको लागि समेत उक्त क्षेत्रका नागरिक ५ घण्टाको पैदल यात्रा हिडेर टाढा टढा उपचार गर्न जानु पर्ने वाध्यता टरेको छ ।
कुमाख गाउँपालिकाको डाँडेकटेरीमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्नमा सहयोग गर्ने स्थानीय चन्द्रबहादुर केसी, स्वास्थ्य सेवा विभागका अधिकृत टेकराज डिसीलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरि सामुदायिक ईकाइको भवन निर्माणमा कुमाख गाउँपालिको आर्थिक सहयोग रहेको छ ।
वाजागाजा, फुलमाला र झाँकी सहित स्थानीयले अतिथिलाई स्वागत गरेका थिए । वडा अध्यक्ष शेर बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सिर्जना बुढामगर, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, स्वास्थ्य विभागका अधिकृत टेकराज डिसी, जिल्ला स्वास्थ्य प्रमुख लगायतका व्यक्तिहरुले आफ्नो धारण राखेका थिए ।
सामुदायिक स्वास्थ्य ईकाइमा २ जना कर्मचारीको व्यवस्थापन गरिएको छ । बिहीबार नै दुवै जनाले नागरिकलाई स्वास्थ्य सुविधा दिन सुरु गरेका छन् । गाउँमा समान्य रुघाकोकी, ज्वरो, पखाला लागेपछि उपचार गर्न ५ घण्टादेखि ७ घण्टाको पैदल यात्रा गरेर उपचार गर्न जाने दुख हटेकोमा स्थानीय हर्षित बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्