19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘औँला गन्दैछु’ को म्यूजिक भिडियो सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

कोहलपुर/   चर्चित गितकार बिजया गुरुङ्गको ‘औँला गन्दैछु म’ बोलको गीतको म्यूजिक भिडियो भर्खरै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

मोसन अफ लभ एल्वममा रहेको सो गीतको म्यूजिक भिडियो नवनारीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

माया र प्रेमका भावलाई गीतमार्फत प्रस्तुत गरेकी गितकार गुरुङ्गको मर्मस्पर्शी शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार बिनोद पछाईले समधुर संगीत भर्नु भएको छ भने गायिका दिपा लामाको कर्णप्रिय स्वरमा सजिएको छ ।

उक्त गीतको म्यूजिक भिडियोमा नायिका वर्षा राउत र अहिलेका चर्चित मोडल आकाश श्रेष्ठको अभिनय रहेको छ ।

मोसन अफ लभ एल्वममा रहेका पाँचवटा गीतमध्ये ‘तिम्रा हजार गल्ती’ वोलको गीतको म्यूजिक भिडियो यसअघिनै सार्वजनिक भइसकेको छ । ‘औँला गन्दैछु म’ वोलको गीतमा प्रेमिकाले आफुबाट टाढा रहेका प्रेमीलाई पर्खेर बसेको विषवस्तु देखाइएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     5:01:38 PM  |