1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

प्रथम लक्ष्मणपुर फुटवल प्रतियोगिता सुरु

रावन विश्वकर्मा
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

बर्दिया/   प्रथम लक्ष्मणपुर जिल्ला स्तरिय फुटवल प्रतियोगीता सोमबार देखि सुरु भएको छ । प्रतियोगिताको संघिय सांसद तथा राष्ट्रिय कबडी सँघका केन्द्रिय अध्यक्ष तुलसा कुमारी थापा गौतमले उद्घाटन गरेकी छिन ।

“प्रतिभा पहिचानका लागि खेलकुद, स्वास्थ्य र अनुशासनका लागि मैत्रीपुर्ण फुटबल” भन्ने नारा सहित सुरु भएको प्रतियोगिताले बर्दियाका खेलाडीहरुको पहिचान, लक्ष्मणपुर गाँउ र बाँसगढी क्षेत्रको पहिचान, पर्यटकिय स्थलहरुको प्रचारप्रसार, फुटबल क्षेत्रको बिकासमा टेवा पुर्याउने आयोजक संस्थाले जनाएको छ ।

बेलटारी युवा क्लव लक्ष्मणपुर बाँसगढीको आयोजना र ईन्द्रजित साईकल स्टोर बाँसगढीको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगीता २४ गते सम्म चल्ने छ । खेलकुद प्रतियोगितामा ३८ ओटा टिमले सहभागिता जनाएका छन । बाँसगढी नगरपालीका कार्यालय, ४ र ५ को वडा कार्यालय, नगर स्तरिय युवा सञ्चालको सहयोग, जिल्ला खेलकुद समिति बर्दिया, जिल्ला फुटबल सँघ बर्दियाको समन्वय र बाँसगढी क्षेत्रका बिभिन्न संघ संस्था, उद्योगी व्यापारी, समाजसेबी खेल प्रेमी लगायतको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

मुल सम्पादन समिति संयोजक खिम बहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघिय सांसद तथा राष्ट्रिय कबडी सँघका केन्द्रिय अध्यक्ष तुलसा कुमारी थापा गौतम, बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, जिल्ला खेलकुद बिकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनाल, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराज आचार्य, मुख्य प्रयोजक ईन्जीत साईकल स्टोरका सञ्चालक ईन्द्रजित बुढाक्षेत्री, बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारु, बिभिन्न वडाका वडा अध्यक्ष, युवा अभियन्ता तथा सञ्चारकर्मी शंकर शर्मा लगायत खेल प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नगर स्तरिय युवा सञ्जालका संयोजक एक नारायण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा लेखा व्यवस्थापन समिति संयोजक फग्गु थारुले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगितामा प्रथम हुने टिमलले ३० किलो बराबरको खसी जित्ने र द्धितिय, तृतिय, उत्कृष्ठ खेलाडीहरुलाई समेत उचित पुरुस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता उद्घाटन पुर्व झाँकी सहितिको र्यालीले बाँसगढी बजार परिक्रमा गरिएको थियो ।

सोमबार भएको पहिलो खेलमा आयोजक बेलटारी युवा क्लव लक्ष्मणपुर र कोपिला युवा क्लव खैरेनी बिच खेल भएको थियो । पहिलो खेलमा ० का बिरुद्ध २ गोलकाले लक्ष्मणपुर बिजय भएको छ । आज १६ गते मंगलबार सगरमाथा युवा क्लव मदाह र बालुवाटार युवा क्लव मटेरियाको पहिलो र दोस्रामा आयोजक वेलटारी युवा क्लव लक्ष्मणपुर बि टिम र साहारा सचेतना युवा क्लव हाउपुर बिच खेल हुने छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     7:46:06 AM  |