कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीले बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरलाई प्रहरी बिट हस्तारण गरेको छ । वडा नं ९ वडाध्यक्ष महाविर वलीले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश कुमार सिंहलाई नवनिर्मित प्रहरी बिटको फाइल हस्तान्तरण गरेका थिए । सो अवसरमा कार्यालयले प्रमुख सिंह लाई स्वागत तथा सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालयका प्रमुख रमेश कुमार सिहले शान्ति सुरक्षाको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताए । साथै उनले शान्ति सुरक्षा कायम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गनुपर्ने बताए । त्यस्तै ढकेरी क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न आफूले पहल गर्ने समेत बताए ।
त्यस्तै कार्याक्रममा बोल्दै नेपाली कांग्रेस गाउँ इकाई सभापति सिरधर उपाध्यायले सो क्षेत्रको शान्ति सुरक्षा राम्रो बनाउन आग्रह गरे । त्यस्तै नेकपाका युवा नेता दल बहादुर खड्काले ढकेरी क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए । प्रहरी चौकी स्थापन गर्न आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रमका सभापति तथा राप्ती सोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले नेपाल प्रहरीको मुल मन्त्र सत्य सेवा सुरक्षणमलाई आत्म साथै गर्दै निरन्तर जनताको सेवामा लाग्नुपर्ने बताए ।
साथै उनले व्यवसाय गरेर खाने व्यवसायीले निर्धक्क साथ व्यवसाय गरेर खाने वातावरणको सृजना गरिदिन समेत अनुरोध गरे । राजमार्ग सुरक्षाका लागि करिब ५० हजारको लागतमा प्रहरी बिट निर्माण हस्तान्तरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रहरी बिट हस्तान्तरण कार्यक्रममा वडा सचिव पुष्कर सिंह ठकुरी, रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुका अध्यक्ष भाईराम वली, ढकेरी बजार सुधार समितिका अध्यक्ष विश्वराज खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सोहन लाल थारु, श्री गणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष घन बहादुर वली, वडा सदस्यहरु सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।