बर्दिया/ बर्दियाली युवा गायक बिष्णु थापा ‘सरगम’को तिम्रो आँखाको लाईसेन्स बोलको गितले बिस्तारै चर्चा बटुल्दै छ ।![]()
आफ्नो कला र गलाबाट बर्दिया जिल्लामा आफ्नो छुट्टै पहिचान बनाइसेकका थापाको तिम्रो आँखाको लाईसेन्स बोलको बगित युटुवमा रिलिज भएदेखि चर्चा झनै बढेको छ ।
बिष्णु थापा सरगमको तिम्रो आँखाको लाईसेन्स बोलको म्युजिक भिडियो हिजो आज सामाजिक सञ्जाल र अनलाईन खबरहरुमा दैनिक पोष्ट भइरहेको छ । गितमा युवा, बालकदेखि बृद्धसम्म पहिचान जमाएका राष्ट्रिय गायक तथा मोडक दुर्गेस थापाको अभिनय रहेकाले झनै भिडियो भाईरल बन्दै छ ।
ड्रोन क्यामराको माध्यमबाट छायाङ्कन गरिएको गितमा दुर्गेश थापासँगै जुना सुन्दासले उत्कृष्ट अभिनय गरेकी छिन् । बिष्णु थापा सरगमको शब्द र स्वरमा रहेको गितमा राकेश वलीले संगित र एरेन्ज गरेका छन् ।
संगित क्षेत्रमा बिल्कुलै नयाँ ढंगबाट शब्द चयन गरिएकाले पनि बजार तताउने निश्चित भएको गायक थापाको भनाई छ । क्रान्ति केसीको निर्देशनमा तयार पारिएको भिडियोको दुर्गेश थापाको युटुब च्यानलबाट रिलिज गरिएको छ ।
म्युजिक भिडियोको एक हप्ता नपुग्दै हजारौ भियुज र शेयर भईसकेको छ ।









प्रतिक्रिया दिनुहोस्