ट्रेड युनियन महासघ खजुराको अध्यक्षमा सापकोटा



नेपालगन्ज/  खजुरामा गाउपालिका स्तरिय नेपाल ट्रेड युनियन महासघ गाउँपालिका कमिटि बिस्तार गरिएको छ ।

कमिटि विस्तार कार्यक्रम जिफन्ट प्रदेश नम्बर ५ का अध्यक्ष हरि कार्कीको प्रमुख आतिथ्यतामा विहीबार कमिटी विस्तार भएको थियो कमिटिको अध्यक्ष विकास सापकोटा,चयन भएका छन । उपाध्यक्ष कृष्णमाया नेपाली,सचिव कृष्ण विक्रम केसी चयन भएका छन ।

विस्तारित कार्यक्रम ले नौ सदस्य रहने गरि कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले मजदुर वर्गको हित संरक्षक र अधिकारको लागी लड्ने सगठन भनेको नै जिफन्ट भएको बताए ।

विशिष्ठ अतिथिका रुपमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपती र उपाध्यक्ष एकमाया बिक रहेका थिए भने नव निर्वा्चित अध्यक्ष सापकोटाले जसरी खजुरा गाउँपालिकाका अध्यक्षले देशकै नमुना गाउपालिका बनाउने उद्घोष गरेका छन ।

त्यसरी नै आफ्नो कार्यकालमा यस गाउँपालिकाको जिफन्ट कमिटिलाई देशकै नमुना कमिटी बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।

यसै गरि कार्यक्रममा बोल्दै समाजसेवी पुर्ण चन्द्र उपाध्यायले कमिटि निर्माण गर्दा जिफन्टमा घटक सगठन यातायात, सौन्दर्यकर्मी, कृषी,मजदुरबाट सबैको सहभागी मिलाएर कमिटी बनाएको बताएका छन् । कार्यक्रम जिफन्टका बाके इन्चार्ज टिएन रावतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १९ गते शनिबार