रुपन्देही–११ र आर्मी केपीएलको फाइनलमा



सुर्खेत,१२ जेठ/   रुपेन्देही–११ र त्रिभुवन आर्मी क्लब सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको कर्णाली प्रिमियर लिग (केपीएल) को फाइनल प्रवेश गरेका छन् ।

वीरेन्द्रनगर रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा रुपन्देही ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ७ विकेट गुमाएर १७२ रनको योगफल तयार गरेको थियो ।

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्य–पश्चिमले १९.५ मा अल आउट हुँदै ओभरमा १४६ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच सन्दिप सुनार घोषित भए । यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गर्दै धनगढी क्रिकेट एकेडेमीले ८ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो । १३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट मात्र गुमाएर पुरा गर्यो । प्लेयर अफ द म्याच आर्मीका नरेश बुढाऐर घोषित भए । कर्णाली प्रिमियर लिगको फाइनल खेल आज हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १२ गते शनिबार