काठमाडौं/ म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो एक-दुई जना केटी साथीसँग सुरक्षित यौन सम्पर्क पनि हुन्छ। मेरो तौल ४५ किलोग्राम र उचाइ ५ फिट ४ इन्च छ।
मेरो प्रश्न :
१. म हस्तमैथुनले गर्दा म दुब्लो भएको त होइन ?
२. हस्तमैथुनको बानी छुटाउन के गर्ने ?
३. यसले पछि मेरो दाम्पत्य जीवनमा केही समस्या ल्याउने त होइन ?
४. म पिता बन्न त सक्छु नि ?
५. हस्तमैथुन गरेन भने मलाई निद्रा नै लाग्दैन।
६. नेपालमा यौनरोगको समस्या भयावह नहोस् भनेर तपाईंले हस्तमैथुनलाई हल्का रूपमा लिनुभएको त होइन ?
आफ्ना यौन अङ्गहरू आफैंले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन व्यवहारलाई नै हामी हस्तमैथुन भन्छौं। पुरुषले विशेषतः लिङ्गलाई हातले अघिपछि चलाएर वा दबाब दिएर हस्तमैथुन गर्छन् भने महिलाले गर्ने हस्तमैथुनमा विविधता छ।
उनीहरूले भगांकुर चलाउने, योनिमा केही पसाउनेदेखि अन्य यौन संवेदनशील अङ्ग जस्तै स्तनको मर्दनसम्म गरेर हस्तमैथुन गर्छन्। चरमसुख प्राप्त गर्ने कुरामा भगांकुरको महत्त्वपूर्ण स्थान भए पनि योनिमा केही पसाएर यौन आनन्द लिनु अर्को प्रमुख उपाय हो।
के हस्तमैथुनले दुब्लो बनाउँछ ?
वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ।
सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।
पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ।
यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ।
त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।
-voicenp.co









प्रतिक्रिया दिनुहोस्