३० जनाले गरे रक्तदान



कोहलपुर,१७ वैशाख/  १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आइतबार कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।

‘श्रम ऐन, सामाजिक सुरक्षा ऐन लागू गरौं, सामाजवादी आचार तयार पारौं’ भन्ने मूल नाराका साथ अखिल नेपाल ट्रेड यूनियन महासंघ बाँकेको आयोजनामा उक्त रक्तदान कार्यक्रम गरिएको हो ।

सो रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको र संकलिन उक्त ३० पोइन्ट रगत भेरी अञ्चल रेडक्रसलाई हस्ताण्न्तरण गरिएको संघका अध्यक्ष बसन्त मल्लले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल ट्रेड यूनियन महासंघका प्रदेश नं. ५ का अध्यक्ष दान बहादुर वली (निर्माण) ले बाँकेमा रहेका मजदुरहरुको हक हितको लागि सधै लागि पर्ने बताए ।

यस्तै आगामी वैशाख १८ गते आउँदै गरेको १२९औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सफल पार्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको संघ बाँके अध्यक्ष बसन्त मल्लले बताए ।

कार्यक्रममा नागरिक उडयनका प्राविधिक निर्देशक प्रताव बाबु रेग्मी, भेरी अञ्चल रेडक्रसका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थित भएको थियो ।

प्रकाशित मिति : २०७५ वैशाख १७ गते सोमबार