रुकुम (पूर्व),१२ चैत/ सिस्ने गाउँपालिका–७, नाथिगाडमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । दाउरा काट्न गएका ५१ वर्षीय दिपक राउतको घर फर्किँदै गर्दा भिरबाट लडेर ज्यान गएको हो ।
राउत घर नजिकैको भयरनाथ गुयखोला जंगलमा दाउरा काट्न आइतबार बिहान घरबाट निस्किएको बताइएको छ ।
बाटोदेखि झण्डै १८ मिटर तल खसेका राउतको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राउतलाई सोमबार स्थानीय महिलाहरुले मृत अवस्थामा फेला पारेका हुन् ।-imagekhabar.com
प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्