भारतले सिमा मिच्दा कुन दुलोमा पसे “राष्ट्रवादी” हरु ।



लेखक

सुनिल धिताल / सरिता अधिकारी

एक ईन्च मातृभुमी पनि यि पाखण्डी घुसखोर वनारसी पन्डाहरुले भन्दैमा दिईदैन !!!

भएभरको वेचेर खाईसक्दा पनि पुगेन अब त वस करो !!!

“जग्गा भारतकै हो भनेर नेपाली अधिकारीहरु भन्छन् भने आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताए”

बर्षौदेखि भोगचलन गर्दै आएको जग्गामा पिलर गाड्नलाई खाल्डो खनेपछि त्यसको विरोध गरेको स्थानीय रवीन्द्र महतो कोइरीले बताए । गत पुस २२ गते सर्वे टिमका नेपाली प्रतिनिधिहरुले आफ्नो कित्ता नम्बर १४ को नम्बरी जग्गामा पिलर गाडेको कोइरीको भनाइ छ ।
स्थानीय नेमी साह कानु र असर्फी साह कानुको नाममा रहेको जग्गाको केही भाग भारततर्फ पर्ने भएको छ । जग्गामा पिलर गाड्न खाल्डो खनेको जानकारी पाएपछि विरोध जनाएको नेमीका छोरा बद्रीले बताए । ‘हामीलाई थाहै नदिइकन, हाम्रो नम्बरी जग्गामा आएर पिलर गाड्न खाल्डो खनेका रहेछन्’ उनले भने, ‘पुरानो पिलर सिर्सिया नदी पारी छ, तर नयाँ पिलर नदी वारी ल्याइएको छ । हामीले जग्गाको कर तिरिरहेका छौं, एक्कासी कसरी भारतको हुन्छ?’ नयाँ पिलर गाड्न लागेको क्षेत्रमा हजुरबुवाबाट बाबुको नाममा नामसारी भएको कित्ता नं ६५, ५४ र ५२ को नम्बरी जग्गा रहेको उनले बताए । ‘पहिला नदीपारी मात्रै पिलरहरु थिए, अहिले वारी ल्याएर गाडेका छन्’ स्थानीय राजेश साहले बताए ।तिरो तिरेर वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतको हुनै नसक्ने उनीहरुको भनाइ छ । ‘उताको प्रहरी उतै बस्छन्, यताको प्रहरी यतै बस्छन् । नेपालको जमिन भारततर्फ परिरहेको छ’ स्थानीय रवीन्द्र महतो कोइरीले भने ‘वर्षेनी तिरो तिरेर भोग चलन गरेको जग्गा कसरी भारतमा पर्छ ? भारतकै हो भने राज्यले हामीलाई कसरी दियो ?’
उनले जग्गा भारतकै हो भनेर नेपाली अधिकारीहरु भन्छन् भने आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताए । ‘जग्गा भारतकै हो भने हामीलाई किन लालपुर्जा दिइयो ? त्यसको मुआब्जा पाउनुपर्छ ।’ स्थानीयले तत्काल पिलर निर्माणको काम रोकेर समस्याको समाधान गर्नुपर्ने माग पनि राखेका छन् ।
पिलर निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयबाट पत्र लिएर जाँदा नेपाल – भारत सीमा नापी टोलीको कार्यालयले पत्र समेत बुझ्न नमानेको आरोप स्थानीयले लगाएका छन् । पुस ३० गते वडा कार्यालयले दिएको पत्र र आफूले दिएको निवेदन प्रशासनमा दर्ता गराएको र सोही दिन प्रशासनले नापी टोलीको कार्यालयलाई पत्र पठाए पनि बुझ्न नमानेको जग्गाधनी कोइरीले बताए । वडा कार्यालयले मुल पिलर नं ३९१ सुन्दरपुर र ३९२ भकुवा ब्रह्मस्थानदेखि रामजानकी मन्दिरसम्मको नयाँ पिलरहरु नेपालको भू–भागमा पर्ने देखिएकोले तत्काल काम रोकी नेपालको भूभाग छुट्ट्याएर पिलर गाड्न अनुरोध गरेको छ ।
नेपाल भारत सीमा सर्वेक्षण टोलीका अधिकारीहरुले भने स्थानीयले कुरा नबुझेका कारण समस्या भएको बताएका छन् । नेपाल भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयले प्राविधिक कुराहरु नबुझेका कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताए । ‘हामीसँग प्रविधि छ, त्यही प्रविधिको प्रयोग गरेर नाप्छौं । त्यसमा एक इन्च पनि जमिन तलमाथि हुँदैन’ उनले भने, ‘नेपाल भारतबीच १८४० मा भएको सुगौली सन्धिकै आधारमा अहिले पिलर गाड्ने काम भइरहेको छ । त्यतिखेर सिर्सिया नदी जहाँ थियो, अहिले त्यहाँ छैन । नदीले धार परिवर्तन गरेर बनेका पर्ती जग्गाहरु पनि नापेर व्यक्तिहरुलाई दिइएको छ । त्यसैले गर्दा समस्या भएको हो ।’
सुगौली सन्धिपछि इष्ट इन्डिया कम्पनीले बनाएको नक्शाको आधारमा अहिले पिलर गाडिएकाले नेपाली जमिन भारतमा पर्नै नसक्ने दाबी प्राविधिक टोलीको छ । ‘हराएका र क्षतिग्रस्त पिलर मर्मत र निर्माणका क्रममा यस्ता समस्याहरु आइरहेको छ । त्यसका लागि हामीले एउटा फारम भरेर सरकारलाई रिपोर्ट गर्छौ । उनीहरुका लागि सरकारले केही न केही गर्ला’ नापी अधिकृत ज्ञवालीले भने यहि अब नेपाली जनता ले रास्ट्रधातीहरु लाई देश निकाल पर्छ या त फासि दिनु पर्छ लेखक सुनिल धिताल / सरिता अधिकारी

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार