
प्रेस सल्लाहकार सिफारिस गर्न दाङमा शुक्रबार बसेको बैठक । डिल्ली मल्ल दायाँबाट दोस्रो ।
२ चैत, काठमाडौं । सभामुख कृष्णबहादुर महराको प्रेस सल्लाहकार बन्न माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका नेता-कार्यकर्ताहरुले लबिङ तीव्र बनाएका छन् । यही बेला प्रेस सेन्टर दाङले भने डिल्ली मल्ललाई सभामुख महराको प्रेस सल्लाहकार बनाउन सिफारिस गरेको छ ।शुक्रबार जिल्लाका नेताहरूसहित बसेको बैठकले मल्ललार्इ सिफारिस गर्ने निर्णय गरेको हो ।मल्ल प्रेस सेन्टर दाङका अध्यक्ष र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष हुन् । उनी दाङबाट प्रकाशित हुने माओवादी निकट ‘नौलो जनउभार’ साप्ताहिक पत्रिकाको सम्पादक समेत छन् । उनी काठमाडौं आउने भएपछि प्रेस सेन्टर दाङको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रकाश चौधरीलाई दिइएको छ । सल्यान घर भएका मल्ल माओवादी जनयुद्धकालदेखि नै पत्रकारिता र कलाकारितामा सक्रिय थिए । Onlinekhbar









प्रतिक्रिया दिनुहोस्