ठेक्का कै कारण बढैया तालले जैविक विविधता गुमाउदै



मिसन समाचारदाता कोहलपुर २९ फागुन/ बाँके र बर्दियाको सिमानामा पर्ने बढैया ताल ठेक्का कै कारणले जैविक विविधता गुमाउदै गएको पाईएको छ । ठेकेदारले तालमा आफ्नो आम्दानी लिनका लागि विभिन्न किसिमका रासायनिक मलहरु र विभिन्न किसिमका बिषादीहरु प्रयोग गर्न थाले पछि यो तालमा रहेका जैविक विविधता हराउदै गएको हो ।

पहिला यो तालमा विभिन्न किसिमका लोकल फुलहरु पाईने र , देश विदेशवाट सयौँ प्रकारका चराहरु चारिचरनका लागि आउने गरेको स्थानिय अगुवाहरु बताउछन् ।
करिब एक सय नौ बिगहा क्षेत्रफमा रहेको छ । बढैया तालको बर्षौ बर्ष देखि तालको संरक्षण गर्दै आएका बढैया गाउँका स्थानिले ताल बढैया गाउँ नजिकै भएको हुनाले तालको नाम बढैया ताल हुन गएको बताएका छन् ।

तालमा अहिले ठेकेदारले पालेको माछा र पानी बाहेक केहि नभएको स्थानीय एक अगुवाको भनाई रहेको छ । गाँउका मानिसहरु सरकार र सरकारी निकायहरु माथि गुनासो गर्दै आए पनि तालको संरक्षणका लागि केहि सुनवाइ भएको छैन् ।

गतवर्ष नेपाल आर्मिको हातमा ठेक्का दिए पछि पश्चिमको केहि भाग बाँध सुधारिएको स्थानिय अगुवा को भनाई छ । तालले आफुहरुको पहिचान बोकेको तर आफुहरुले त्यहि तालको विकास र संरक्षण गर्न नसकेको कारण अव तालको विकासका लागि सवैले लाग्नुपर्ने बढैया ताल गाँउपलिका वडा न २ का अध्यक्ष कर्ण बहादुर थापाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २९ गते मंगलबार