नेपालगञ्ज,२२ फागुन/ नेपाल भारतको सिमानामा पर्ने बाँकेको जयसपुर नजिकै १ सय ८० विगाहा जमिनमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ ।
नेपाल–भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्रा्ष्ट्रिय व्यापार केन्द्र एवम् सुख्खा बन्दरगाह निर्माण प्रक्रियाअघि बढाइएको हो । दुई मुलुकबीच भएको सम्झौता अनुसार अहिले बन्दरगाह निर्माणका लागि भारतको क्षेत्रबाट कामको थालनी भएको छ ।
नेपालगञ्ज भन्सारको पश्चिम जयसपुर र साईगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा बन्दरगाह निर्माणका लागि जग्गा संरक्षणका लागि तारबार गरिएको छ ।
बन्दरगाहका लागि नेपालले जग्गाको व्यवस्था गरेपछि भौतिक संरचना निर्माणको काम भारतीय पक्षले ठेक्का लिई कामको प्रक्रिया अगाडि बढाएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले बताए ।
सो सुख्खा बन्दरगाह निर्माणको सम्पूर्ण जिम्मा भारतले लिएको समेत प्रमुख आचार्यले जानकारी दिए । नेपालगञ्ज बन्दरगाह ९ सय मिटर लम्बाई र ५ सय मिटर चौडाईको हुने बताइएको छ ।
बन्दरगाहको प्रवेशमार्गका लागि ६० मिटर चौडाइको बनाउने गरी २ हजार ७ सय मिटर सडक क्षेत्र छुट्याइएको छ । कुल १ सय ८० क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा ६३ विगाह जमिनमा घेरा बन्दि गरिएको छ भने २७ विगाह जमिन बाटोको लागि छुट्याएको प्रमुख आचार्यले बताए ।
भारतको आर्थिक सहयोगमा भारतीय ठेकेदारले नै सुख्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भए लगत्तै कामको सुरुवात भएको प्रमुख आचार्यले बताए ।
‘भारतको सिमाना हुँदै कामको थालनी भएको छ’–उनले भने । दुई बर्षको अवधिमा निर्माण काम सम्पन्न हुने गरि ठेक्का भारतले लिएको उहाँले जानकारी दिए ।
बन्दरगाह निर्माणले सामान आयात–निर्यात गर्न व्यापारीलाई सहज हुनुका साथै कर्मचारीलाई पनि काम गर्न सजिलो हुने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख आचार्यले बताए । बन्दरगाह निर्माण भएपछि ६ लेनको रेलमार्ग समेत बन्ने उनले बताए ।
नेपाल भारत सरकारले सुख्खा बन्दरगाहका लागि २००४ सालमा सर्वे गरिएको भारत पचपोखरीका ओमकार नाथ बर्माले बताउए । नेपाल भारतको सिमानामा पर्ने बन्दरगाह पिलर नं.३१ लाई सेन्टर मानेर दुई देश विचको सम्झौता भएको बर्माले बताए ।
भारततिर बाटो निर्माणको कार्य भैरहेको पचपोखरीकै सुरेश सोनीले बताए । सर्वे गर्दा २२ हजार रुपैया कठ्ठा जग्गा धनिलाई राज्यले मुआव्जामा दिएको समेत उनले बताए ।









प्रतिक्रिया दिनुहोस्