6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

पाकिस्तानी प्रधानमन्त्रीकाे सम्मानमा १९ तोपको सलामी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४  

काठमाडौं,२१ फागुन/ नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिनुभएको थियो ।

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

–रासस

प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     8:14:37 PM  |