कोहलपुर,१७ फागुन/ बाँकेको बैजनाथ गाउँपालिकामा प्रस्तावना उपर सुझाव संकलनका लागि सर्वपक्षिय बैठक बुधबार सम्पन्न भएको छ ।
गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजना तथा बैजनाथ गाउँपालिकाको समन्वयमा गरिएको कार्यक्रममा सञ्जालका अध्यक्ष दिल विश्वकर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
सञ्जालका सदस्य अजय विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने दलित अगुवा ठगीराम दमाईले प्रस्तावनाको स्वरुपबारे आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पूर्व सिचाँई राज्य मन्त्री दलबहादुर सुनारले बैजनाथ गाउँपालिकालाई जातिय छुवाछुत मुक्त गाउँपालिका घोषण गर्नुपर्ने बताए ।
साथै सम्पुर्ण दलिहरुलाई सुसुचित गर्न साप्ताहिक रेडियो कार्यक्रम प्रसारण गर्नुपर्ने बताए । दलित संञ्जालल प्रस्तावना उपर सुझाव संकलनका लागि सर्वपक्षिय छलफल गरेर उदाहरणिय काम गरेको बताउदै संजालले पारदर्शी भएर काम गर्न समेत सुझाव दिए ।
पत्रकार हेमन्त बि.क ले दलित समुदायका लागि सचेतना मुलक कार्यक्रमहरुको आवश्यकता रहेकोले त्यस्ता कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने बताए । ईन्रुड्क बाँकेका अध्यक्ष धर्मलाल रोकायले खास गरी गा्रमिण क्षेत्र तथा मधेशी समुदायमा जातिय छुवाटछुत बढी हुने भएकोले त्यस्ता घटनाहरु न्युनीकरण गर्ने खालका कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने बताए ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले दलित संञ्जालल प्रस्तावना उपर सुझाव संकलनका लागि सर्वपक्षिय छलफल गरेर उदाहरणिय काम गरेको बताए ।साथै प्रत्यक वर्ष २ वटा सम्म विपन्न दलितहरुका घर निमार्ण कार्यक्रमका लागि रकम खर्च गर्नसके निकै राम्रो हुने बताए ।
कार्यक्रममा दलित अगुवाहरु तथा सहभागीहरुले थुपै सल्लाह सुझावहरु दिएका थिए । बैजनाथ गाउँपालिकाले यस आर्थिक वर्षमा दलितहरु समुदायका लागि २५ लाख रुपिया विनियोजन गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्