जुम्ला,१५ फागुन/ जुम्लाका नन्दे सार्कीको दैनिकी जुत्ता सिलाएर बित्छ । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो ।
कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरदैलो गुर्हानु पर्ने उनको तीतो यथार्थ थियो । जुता सिलाउने उनको पुख्र्यौली पेशा भएकाले पनि उसलाई व्यावसायिकता बनाउन र जोगाउन निरन्तर लागि परेको उनको अनुभव छ ।
नन्देले जुत्ता सिलाउन थालेको अहिले १५ वर्ष बित्यो । डेढ दशकको अवधिमा उनले यही कमाइबाट घर खर्च, छोराछोरीको पढाइ खर्च, लुगाफाटो मात्रै होइन, प्रदेश नं. ६ को राजधानी सुर्खेतमा पक्की घरसमेत बनाइसकेका छन् भने, सबै खर्च कटाएर मासिक रूपमा झण्डै ४० हजार बढी रुपैयाँ आम्दानी हुने गरेको छ ।
‘दशैं तिहारका बेला अर्डर धेरै आउने भएकाले त्यतिबेला झण्डै मासिक ६० हजारमसेत कमाइ हुन्छ,’ उनले भने,‘कमजोर जुत्ता बराबर झण्डै ३५ सयदेखि ४५ सयसम्म पर्छ ।’ जुम्लाको चन्दननाथ नगरपालिका–५ मा अहिले उनको अस्थायी बसोबास छ ।
जुत्ता सिलाइको कमाइबाट बनाएरको घरमा अहिले छोराछोरी बस्छन् भने उनी र श्रीमती जुम्लामा बसेर जुत्ता सिलाइ पेशालाई अझ व्यावसायिकता बनाउँदै गएका छन् ।