ओम डेप्लपमेन्ट बैंकको ५३औं शाखा लमहीमा सञ्चालन



श्रवन बस्नेत : लमही,१४ फाल्गुन/   लमहीमा अर्को नया ओम डेप्लपमेन्ट बैंकको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गर्नु भएको हो । १७ बर्ष अघि स्थापना भएको बैंकको लमही शाखा ५३ औ हो ।

लिमिटेडका अध्यक्ष शुसिल कुमार गोशलीको अध्यक्षता एबम लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा बोल्ने बक्ताहरुले लमहीमा बैंक स्थापना हुनु खुशीको कुरा रहेको भन्दै सेवाग्राहीहरुलाई छिटो छरितो तथा सर्वसुलभ सेवा दिन सके बैंकले चाडै नै फड्को मर्ने भनाई राखेका थिए ।

बैंकका बारेमा बैंकका प्रमुख कार्यकारी बिस्व मोहोन अधिकारीले प्रकाश पर्नु भएको थियो । पोखरामा आफ्नो केन्द्रिय कार्यालय स्थापना गरि शुरुवात गरि बैंकले एघार वटा नया शाखाहरु बाट कारोबार शुरु गरि सकेको छ ।

यो संगै लमहीमा एक दर्जन बैंकहरुले सेवा प्रबाह गरिरहेका छन । बैंकका महा प्रबन्धक दुर्गाराम पुरीले संचालन गर्नु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शेस्मानी गौतम लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार