सुर्खेत,१४ फागुन/ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने हुनुभएको छ । मंगलबार हुने प्रदेशसभाको बैठकमा उहाँले सरकारका लागि विश्वासको मत लिन लाग्नुभएको हो ।
संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ ।
कर्णाली प्रदेशमा वाम गठबन्धन आवद्ध एमाले, माओवादीको ३२ मत रहेको छ । कर्णाली प्रदेशमा जम्मा सांसद ३९ जना रहेका छन् ।
सत्ता साझेदार पार्टी एमाले र माओवादी केन्द्रले विश्वासको मत दिने भएकाले मंगलबार सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । कर्णाली प्रदेशको बैठक मंगलबार १ बजे बस्नेछ ।
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्