10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

माअाेवादीमा मन्त्रीकाे लागि लुछाचुडी !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

२०७४ फागुन ११- माअाेवादी भित्र सरकार मा काे जाने र कसले नेतृत्व गर्ने भन्ने विषयमा निकै ठुलाे लुछाचुडी चलेकाे छ । देउवा सरकारमा मन्त्री भएकाहरूलाई तत्काल सरकारमा नपठाउने पार्टीले निर्णय गरेपछि देउवा नेतृत्वकाे सरकारमा सहभागी नभएका नेताहरू सरकारमा जाने रस्साकस्सी गरिरहेका छन् । पार्टी नेतृत्वले युवा नेता वर्षमान पुनकाे नेतृत्वमा सरकारमा पठाउने तयारी गर्दै गर्दा केही नेताहरू वर्षमान पुनलाई राेक्न खाेजिरहेका छन् । देउवा सरकारमा गृहमन्त्री सम्हालेका नेता जनार्दन शर्मा प्रभाकर अाफुलाई पार्टी निर्णयले सरकारमा जान अप्ठेराे भएपछि केपि अाेली सामु गएर समेत मन्त्री मागेकाे सार्वजनिक भएकाे छ ।
पार्टी नेतृत्व र निर्णयलाई अप्ठेराे पार्न जनार्दन शर्मा केपि अाेलि संग गएर मन्त्री मात्रै मागेनन्, पार्टी भित्रका केही नेताहरूलाइ समेत उचाल्ने, बजाउने चलखेलमा लागेका छन् । संधै पार्टी निर्णय र पार्टी नेतृत्व भन्दा अाफु लाेकप्रिय भएकाे देखाउन प्रचारबाजी गर्ने जनार्दन शर्मा पार्टी भित्र भने निकै अालाेचनाका पात्र बनेका छन् । सत्तास्वार्थमा अवसर नपाउदा हाेस् या अाफु अनुकुल निर्णय नहुँदा हाेस् पार्टी नेतृत्व र निर्णयलाई अफ्ठेराे पार्न अनेकन चलखेल गर्ने जनार्दन काे प्रवृत्ति व्यक्तिवादी र अवसरवादी भएकाे एक नेताले बताए ! AllTimeKhabr

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:57:04 PM  |