कोहलपुर,०१ फागुन/ कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवमा दिन दिनै रौनकता थपिदै गएको छ । महोत्सवको पाँचौं दिन मंगलबार चर्चित राष्ट्रिय कलाकारहरुले महोत्सवको माहोल तताएका छन् ।
चर्चित लोक तथा दोहोरी गायिका पूर्णकला विसी चिटिक्क नेपाली पहिरनमा सजिएर मञ्चमा उक्लदा मञ्चको रौनकता नै छायो । गायिका विसीले शुरुमै ‘मायालुको सहरमा मेरो गाउँमा घर छ’ बोलको गित गाउँदा दर्शकहरुलाई मन्त्रमुग्ध बनाइन् , भने पुलिस वालाले बोलको गित गाउँदा दर्शकहरु उफ्री– उफ्री कम्मर मर्काइ –मर्काइ नाचेका थिए । विसीले थुप्रै झ्याउरे, पञ्चैबाजा, देउडा लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै गायिका मिना निरौलाले स्तेजमा चढ्दा युवा युवतीहरु उफ्रिदै हुटिङ समेत गरेका थिए । निरौलाले काले दाई काले दाई बोलको गित गाउँदा त झनै महोत्सवको माहोल नै तातियो । निरौलाले थुप्रै प्रस्तुति प्रस्तुत गर्दा दर्शकहरु कमर मरकाई मरकाई नाचेका थिए । यस्तै लोक गायक तथा मोडेल प्रकाश सपुतले आफ्नो प्रस्तुति देखाउदा दर्शकहरु मज्जैले रमाए ।
यस्तै महोत्सको छैठांै दिन आज बुधबार लोकदोहारी गायक दिपक गरौजा, गायिका कला पंगेनी, हाँस्य कलाकार राजन राज शिवाकोटि, नृत्य निर्देशक शंकर विसी, नृत्याङगना अञ्जली अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्