प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन



सुर्खेत,२९ माघ/    प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन हुनुभएको छ ।

आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।

सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार